देवचुलीमा पुनः उत्कृष्टता : श्याम न्यौपाने सम्मानित

Dipesh Pandey

देवचुलीमा पुनः उत्कृष्टता : श्याम न्यौपाने सम्मानित


सम्मान पत्र
सम्मान-पत्र

जनज्योति मा.वि., देवचुली–१५ नवलपरासी (ब.सु.पु.) का प्रा.वि. शिक्षक श्याम न्यौपाने ले पुनः एकपटक उत्कृष्ट शैक्षिक सफलता हासिल गर्नुभएको छ।

देवचुली नगरपालिकाद्वारा शैक्षिक सत्र २०८१ मा सञ्चालन गरिएको आधारभूत तह (कक्षा–५) को नगरस्तरीय परीक्षा–२०८१ मा उहाँले अध्यापन गराउनुभएको सामाजिक विषयमा सर्वोत्कृष्ट नतिजा प्राप्त भएको हो।

यसअघि पनि शैक्षिक सत्र २०७९ मा सोही विषयमा उत्कृष्ट नतिजा ल्याई सम्मानित हुनुभएको थियो। यस वर्ष दोस्रो पटक सो उपलब्धि दोहोर्‍याउँदै उहाँले निरन्तरता र समर्पणको उदाहरण प्रस्तुत गर्नुभएको छ।

उत्कृष्ट नतिजाका लागि देवचुली नगरपालिकाद्वारा उहाँ सम्मानित हुनुभएको छ। उहाँको यो उपलब्धिले विद्यालय मात्र नभई सम्पूर्ण देवचुली क्षेत्रकै शैक्षिक वातावरणलाई प्रेरणा प्रदान गरेको छ।

हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना 🎉📚

🌱 Grow More With Dipesh

– A place to learn, grow, and shine together. Here, we focus on personal development, practical tips, and inspiring ideas that help you become the best version of yourself. Every post, every insight is designed to motivate, empower, and guide you on your journey of growth.