⚡ LATEST FEATURE New Arrival

T.M.P Request Portal

Get your T.M.P documents processed online. Fast, secure, and fully integrated with digital payments. Submit your details below to get started.

Go to Portal ➔

हाम्रो जनज्योति माध्यमिक विद्यालयमा PRE-BLE/SEE परीक्षा सफलतापूर्वक सम्पन्न ............

Dipesh Pandey

PRE-BLE/SEE परीक्षा सफलतापूर्वक सम्पन्न


हाम्रो जनज्योति माध्यमिक विद्यालय, देवचुली–१५ प्रगतिनगर मा मिति २०८२ माघ २६ गतेदेखि २०८२ फागुन ४ गतेसम्म देवचुली नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको कक्षा ८ र कक्षा १० को PRE-BLE/SEE परीक्षा शान्त, अनुशासित र व्यवस्थित रूपमा सफलतापूर्वक सम्पन्न गरिएको छ।


विद्यालय प्रशासन, शिक्षक-शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको सक्रिय सहकार्यका कारण परीक्षा मर्यादित वातावरणमा सञ्चालन भयो। सम्पूर्ण कार्यतालिका समयमै सम्पन्न गरिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित, अनुकूल तथा प्रेरणादायी वातावरण प्रदान गरिएको थियो।


हाम्रा सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य, उत्कृष्ट नतिजा तथा निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।


परीक्षाको नतिजा प्रकाशन भने अाउदो मिति २०८२ फागुनको ६ गते बुधबारको दिन हुने भनिएको छ । 


धन्यवाद ।।।


                   


  • Older

    हाम्रो जनज्योति माध्यमिक विद्यालयमा PRE-BLE/SEE परीक्षा सफलतापूर्वक सम्पन्न ............

🌱 Grow More With Dipesh

– A place to learn, grow, and shine together. Here, we focus on personal development, practical tips, and inspiring ideas that help you become the best version of yourself. Every post, every insight is designed to motivate, empower, and guide you on your journey of growth.