नेपाल शिक्षक संघ देवचुलीको सातौं प्रतिनिधि सभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले शिवहरी अधिकारीको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी प्रदान गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष पदमा सीतादेवी पौडेल र दीपराज रेग्मी चयन भएका छन् भने सचिवमा निलकण्ठ पोखरेललाई जिम्मेवारी दिइएको छ। त्यसैगरी अर्थसचिवमा स्मिता पोख्रेल र सहसचिवमा कृष्ण रिजाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
यसैगरी सदस्य पदमा सम्झना अर्याल, दिव्यश्वरी राना, राधा गौतम तथा सहदेव आचार्य चयन भएका छन्। नवगठित समितिले शिक्षकहरूको हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा पेशागत एकताको सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम नेपाल शिक्षक संघ देवचुलीका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा तथा शिक्षक संघ नवलपुरका जिल्ला अध्यक्ष इन्द्रराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष चन्द्रदेव तिवारीलगायत शिक्षक प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


.png)
